Breaking Nepal

नेपाली युरोपियन स्पोर्टस क्लब (एनईएससी) को आयोजनामा यही अगष्ट २४ तारिखका दिन अनिष्ट्रयाको पर्यटकीय सहर इन्स्ब्रुकमा भव्य रुपमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । यो प्रतियोगितामा युरोपका विभिन्न देशका ६ वटा टिमको सहभागिता रहेको थियो । पर्यटन व्यवसायी तथा समाजसेवी दिलकुमार घमालको नेतृत्व र सक्रियतामा सन् २०२० मा स्थापना भएको एनईएससीले नेपालको राष्ट्रिय खेल भलिबलको विकास र पर्वद्धनमा निकै महत्वपूर्ण कार्य गर्दै आएको छ ।
स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजित प्रतियोगितामा आयोजक एनईएससीले उपविजेतामा जित्न बुझाउनु पर्यो । राम्रो तयारी हुँदाहुँदै पनि हाम्रो टिमका खेलाडीको खुट्टामा समस्या आएका कारण सोचेजस्तो परिणाम हाम्रो हातमा आउन सकेन । तथापि प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न भएको छ । यसमा एनईएससीका अध्यक्ष दिलकुमार घमाल भाइ, उहाँको धर्मपत्नी सोमत घमालसहित टिमका सम्पूर्ण पदाधिकारी, सदस्य, शुभेच्छुकहरुको साथ र सहयोगले भव्य रुपमा प्रतियोगिता आयोजना भयो । साथै सुश्री सारा, डेनियल, माइकल, टी भली टिम, गल्र्स टिम तथा सांस्कृतिक समूहमा आबद्ध सबैको योगदान उच्च रहेको छ ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत राखिएको थियो । यसपटकको प्रतियोगितामा फिनल्याण्ड एचएससी क्लबले उपाधि जित्यो । हाम्रो क्लब उपविजेतामा सीमित भए पनि टिमका साथीहरुको उच्च आत्मबलका कारण आगामी दिनमा उपाधि जित्नेमा हामी विश्वस्त छौं । खेलमा हार जित स्वभाविक हो । हाम्रो टिमको हारलाई पनि हामीले स्वभाविक रुपमा लिएका छौं । यस पटकको प्रतियोगिता तेस्रो संस्करणको थियो । अध्यक्ष घमालको नेतृत्वमा रहेको एनईएससीले आगामी दिनमा झै प्रभावकारी रुपमा कार्य गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
एनईएससीले आफूले मात्रै प्रतियोगिता आयोजना गर्दैन । अन्य देशमा आयोजना हुने प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएको छ । बेला–बेला युरोपमा रहेका नेपालीहरुलाई भेला गरेर ग्रिल पार्टीसमेत आयोजना गर्ने गरेको छ । यसले विभिन्न स्थानमा छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन सहयोग पुगेको छ । खेलकुद यस्तो क्षेत्र हो जसले विभिन्न जातजाति, धर्म, समुदाय र विचारलाई जोड्ने काम गर्दछ । मलाई लाग्छ एनईएससीले पनि सबैलाई जोड्ने काम गरेको छ ।
यसपटकको प्रतियोगितामा विजयी हुने सबै टिमलाई बधाई दिन चाहन्छु । यस्तै प्रतियोगिता सम्पन्न भएपछि इन्स्ब्रुकस्थित जयपुर रेष्टुरेन्टमा भव्य रात्रिभोजको आयोजना गरिएको थियो । कतिपय कार्यक्रमले कहिल्यै नर्बिसिने छाप छाड्छ । एनईएससीका हरेक कार्यक्रमले जीवनभर स्मरण गरिरहने गरी अमिट छाप छाड्ने गरेको छ । यसलाई मैले एनईएससीको सफलताका रुपमा लिएको छु । अझ क्लबका अध्यक्ष दिलकुमार घमाल भाइको सक्रियता र लगावलाई म उच्च सम्मान गर्दछु । मैले पनि यो क्लबमा आबद्ध हुन पाउँदा निकै गर्वको महसुस गरेको छु । यो क्लबलाई अझै माथि उठाउन के गर्नुपर्छ त्यो गर्न पनि तयार छु ।
(लेखक नेपाली युरोपियन स्पोर्टस क्लब (एनईएससी) का सल्लाहकार हुनुहुन्छ ।)