Breaking Nepal

जनकपुरधाम– लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको पर्याप्त मौज्दात रहेको जनाउँदै किसानलाई मलको अभाव नहुने जनाएको छ। कम्पनीका अनुसार नियमित आपूर्तिको व्यवस्था मिलाइएकाले खेतीपातीका लागि आवश्यक मल समयमै उपलब्ध गराइनेछ।
कम्पनीले गत आर्थिक वर्षमा १६ हजार ८४० दशमलव ३७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ। हाल कम्पनीसँग ५५ दशमलव ६०० मेट्रिक टन युरिया, २१९ दशमलव ६५० मेट्रिक टन डीएपी, ८६ दशमलव ६५० मेट्रिक टन पोटास तथा ७८ दशमलव ७७५ मेट्रिक टन कृषि चुन मौज्दात रहेको छ।
कार्यालय प्रमुख चेवन खड्काले मलको नियमित आपूर्ति सुनिश्चित गरिएकाले किसानले आवश्यक समयमा मल र अन्य कृषि सामग्री सहज रूपमा प्राप्त गर्ने बताए। उनका अनुसार कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाइएको छ।