Breaking Nepal

काठमाडौं– स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १,९०० रुपैयाँले बढेर दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले वृद्धि हुँदै चार हजार २४० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँ र चाँदी चार हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस चार हजार ३१ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।