Breaking Nepal

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको उपचारका क्रममा निधन भएको छ। केही दिनअघि घरमै लडेर घाइते भएका ठकुरीको बुधबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।
परिवारका अनुसार करिब १० दिनअघि भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उपचार जारी रहे पनि स्वास्थ्य अवस्थामा सुधार आउन नसकेपछि बुधबार बिहान उनको निधन भएको हो।
ठकुरीको पार्थिव शरीरको आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।
नेपाल प्रहरीमा लामो समय सेवा गरेका ठकुरीले प्रहरी संगठनमा विभिन्न जिम्मेवारी सम्हालेका थिए। उनको निधनसँगै सुरक्षा क्षेत्रले एक अनुभवी पूर्वअधिकारी गुमाएको छ।