मोबाइल चार्जर निकाल्ने क्रममा करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १३:०१

खोटाङ  / खोटाङमा मोबाइल चार्जर निकाल्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको  छ ।

जिल्लाको जन्तेढुंगा गाउँपालिका–५, नाटेपानीका ४९ वर्षीय नरबहादुर तामाङको मंगलबार बेलुकी करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै घरमा मोबाइलको चार्जर निकाल्ने क्रममा तामाङलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

घटनामा करेन्ट लागेर घाइते भएका अर्का एक जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।