सिरहामा सशस्त्र प्रहरीद्वारा १५ लाखभन्दा बढीका अवैध सामान बरामद

Breaking Nepal

शनिबार ,साउन २ , २०८३ ०८:३३

सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय, सिरहाले सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा करिब रु. १५ लाख ४८ हजार ८७० बराबरका अवैध सामान बरामद गरेको छ।

गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार साउन १ गते गरिएको कारबाहीमा किराना सामग्री, कपडा, मोटरसाइकल, मदिरा तथा विभिन्न पेय पदार्थ बरामद गरिएको हो।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–तस्करी, राजस्व छली तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि नियमित निगरानी र चेकजाँचलाई अझ प्रभावकारी बनाउँदै आएको जनाएको छ।