मोरङमा नहरमा डुबेर १२ वर्षीय बालकको मृत्यु

Breaking Nepal

शनिबार ,साउन २ , २०८३ ०९:०१

विराटनगर । मोरङको लेटाङ नगरपालिका–६ स्थित चिसाङ खोलाको नहरमा डुबेर १२ वर्षीय एक बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार लेटाङ–४ निवासी जितेन राईका १२ वर्षीय छोरा साबेहाङ राई पौडी खेल्ने क्रममा नहरमा डुबेका थिए। अचेत अवस्थामा उद्धार गरिएका उनलाई शुक्रबार दिउँसो करिब ३:३० बजे उपचारका लागि लेटाङ नगर अस्पताल लगिएको थियो।

उपचारकै क्रममा अपराह्न करिब ४:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साहको नेतृत्वमा रहेको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।