Breaking Nepal

यो मन कहिले आगो हुन्छ कहिले जल हुन्छ
जे जस्तो होस् तिम्रो सम्झना पल पल हुन्छ
सुन्छु, भूसको आगोझैँ सल्किएको छ आक्रोस
अब देशमा ठूलै खालको हलचल हुन्छ
जब देख्छन् नि यी नजरहरूले तिम्रो मुहार
के हुन्छ खै,त्यसै त्यसै यो मन चञ्चल हुन्छ
किन तिमी बसाइँ स¥यौ त्यो छोडेर साथी
हो ,पहाडमा त मूलको पानी कल्कल हुन्छ
बर्षा याममा पहाडमा पहिरो जान सक्छ
तर मधेस पनि त बाढीले जलथल हुन्छ
ऊ त्यतिखेर उसको बाबुलाई सम्झन्छ
जब ऊ थाक्छ र पसिनाले खल्खल हुन्छ
कति सुन्दर छ, कति शान्त छ मेरो गाउँ
तिम्रो शहरमा त जैल्यै पनि खल्वल हुन्छ ।