गोलरहित बराबरीसँगै केप भर्डे इतिहास रच्दै अन्तिम ३२ मा

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ ०९:०८

काठमाडौँ– फिफा विश्वकपमा पहिलो पटक सहभागी बनेको केप भर्डेले ऐतिहासिक उपलब्धि हासिल गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको ह्युस्टनमा आज बिहान सम्पन्न समूह एच अन्तर्गतको अन्तिम खेलमा साउदी अरेबियासँग ०–० को बराबरी खेलेपछि केप भर्डे अन्तिम ३२ मा पुगेको हो।

केप भर्डेले समूह चरणका तीनवटै खेल बराबरीमा टुंग्याउँदै ३ अंक जोड्यो। यसअघि उसले स्पेन र उरुग्वेसँग पनि समान अंक बाँडेको थियो।

तीन खेलबाट ३ अंक बटुलेको केप भर्डे समूहको उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्दा साउदी अरेबियाको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ।