Breaking Nepal

विराटनगर / विराटनगरमा ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
दुर्घटना विराटनगरस्थित पुरानो हवाईफिल्ड नजिकको कोशी राजमार्ग क्षेत्रमा भएको हो । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको नम्बर ९२ ह ९८३१० को ट्र्याक्टरले विपरीत दिशाबाट आइरहेको नम्बर प्रदेश १–०२–०४४ प १४४८० को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएपछि रानी ट्राफिक प्रहरी कार्यालयबाट ईश्वर कोइरालाको नेतृत्वमा खटिएको टोली तत्काल घटनास्थल पुगेको थियो । प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाएको जनाएको छ ।
दुर्घटनाको कारण तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सो सडक खण्डमा दिनहुँजसो दुर्घटना हुने गरेको छ ।