Breaking Nepal

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।
यस्तै, युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा, बेलायती पाउन्ड एकको खरिददर २०० रुपैयाँ ०७ पैसा र बिक्रीदर २०० रुपैयाँ ८६ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ १७ पैसा र सिङ्गापुर डलर ११६ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।
त्यसैगरी, जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन २२ रुपैयाँ २८ पैसा, साउदी रियाल ४० रुपैयाँ २४ पैसा र कतारी रियाल ४१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।