राष्ट्रियसभा बैठक आज बस्दै, परराष्ट्र र पर्यटनमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ ०७:४९

काठमाडौं– संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै, राष्ट्रियसभा सदस्य रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण तथा महिलाको हक संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने’ सम्बन्धी संकल्प प्रस्ताव पेश गर्नेछिन्।

यसका साथै, राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभामा जानकारी गराउने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।